Mon, Apr 7th, 2014 | 0 Comment

नेपालमा प्रशस्त मात्रामा चिसो पानी पाइने र पाखा पखेरा बढी पाइने भएकाले ट्राउट माछा पालनका लागि वातावरण उपयुक्त मानिन्छ। पछिल्लो समयमा रेन्बो ट्राउट माछापालनका लागि किसान आकर्षित हुँदै गएका भए पनि सरकारको उचित लगानी र जनचेतनाको अभावमा काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन।
fish-farming-nepal2014
कृषि विकास मन्त्रालयले पछिल्लो पटक मुलुकका ५४ जिल्लामा रेन्बो ट्राउट पालनका लागि सम्भाव्यतासमेत अध्ययन गरेको थियो। ती जिल्लाहरूमा ‘एक गाउँ एक उत्पादन’का रुपमा सो माछापालनलाई अगाडि बढाउने सोच बनाएको छ। विस्तृतमा

Sat, Apr 5th, 2014 | 0 Comment

पर्यटकीय नगरी सौराहा नजिक रहेको चित्रसारीमा प्रहरी चौकी स्थापना भएपछि त्यस वरपरको शान्ति सुरक्षामा सुधार आएको छ। प्रहरी चौकी स्थापना हुनु अघि लुटपाट र अपराधिक क्रियाकलाप हुने गरेको सो ठाउँ अहिले भने शान्त रहेको छ।
police-station2014
रत्ननगर नगरपालिका र बछौली गाविस जोडने चित्रसारीमा २ बर्ष अघि चित्रसारी अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो। सौराहा जाने बाटोमा पर्ने भएकाले रातीको समयमा पुलको साहारा लिएर लुटेराहरुले लुटपाट गर्ने तथा अपराधिक घटना घटाउने गरेका थिए।  विस्तृतमा

Tue, Apr 1st, 2014 | 0 Comment

चितवनका पहाडी गाविस सिद्धिका अतिसिमान्त्कृत चेपाङ समुदायको बाख्रापालनबाटै जिवनशैलीमा विस्तारै परिर्वतन आउन थालेको छ। विहान खाए बेलुका के खाउँ, बेलुका खाए विहान के खाउँ भन्ने अवस्थाका चेपाङहरुले व्यवसायिक रुपमा बाख्रापालन सुरु गरेपछि जीवनशैली फेरिएको हो।
goat-farming2014
विहान वेलुका हातमुख जोर्न मुश्किल हुने सिद्धिका चेपाङहरु आजभोली दुईचार पैसा खोलाउन सक्ने समेत भएका छन्। नेपाल सरकार अन्तर्गतको गरिवी निवारणको कार्यक्रमले मेड नेपाल मार्फत आयआर्जनका कार्यक्रम सुरु गरेपछि सिद्धिका चेपाङहरुले व्यवसायिक रुपमै बाख्रापालन सुरु गरेका छन्। विस्तृतमा

Mon, Mar 31st, 2014 | 0 Comment

मिचाहा प्रजातिका वनस्पति र यसको प्रभाव न्यूनीकरणको लागि तत्कालिन र दीर्घकालिन नीति अख्तियार गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन्। मिचाहा प्रजाती र यसले पारेको प्रभावका वारे सौराहामा छफफल आयोजना गरिएको थियो।
impacts-invasive-plants2014
अन्तराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा अनुसन्धानकर्ताहरुले वन्यजन्तु तथा वनस्पतीलाई असर गर्ने मिचाहा प्रजातीको न्यूनकरण नगरे संरक्षणका ठुलो धक्का लाग्ने भन्दै सरकारलाई सुझाव दिएका हुन्।  विस्तृतमा

Sun, Mar 30th, 2014 | 0 Comment

एग्रो हेल्थ बायो टेक प्रालिले कुखुराको शुलीको प्रसोधनबाट आधुनिक जैविक मल तयार गरि बजार ल्याएको छ। अस्ट्रेलियन प्रबिधिको प्रयोग गरी पश्चिम चितवनको शारदानगरमा स्थापना गरिएको उधोगले गन्ध रहीत दानादार बायोमल उत्पादन गर्न थालेको हो।
natural-fertilizer2014
मलमा बिरुवालाई आवश्यक पर्ने १६ प्रकारका पोषक तत्व, अन्य हार्मोन तथा ईन्जाईमहरु उपलब्ध रहेको उधोगका संचालक डाक्टर तिलचन्द्र भटटराईले जानकारी दिनुभयो। विस्तृतमा

Wed, Mar 26th, 2014 | 0 Comment

कुखुरापालन व्यवसायमा आधुनिक प्रविधि भित्रिएसँगै विगतको तुलनामा कुखुराजन्य उत्पादनमा वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।
poultry-industry-2014
देशमा कुखुरा पालिएका प्रमुख ठाउँहरूमा बर्डफ्लुका कारण धेरै नोक्सानी व्यहोर्नु परेपछि चितवनका केही ठूला व्यवसायीले वातावरण अनुकूलित खोरहरू निर्माण गरी आधुनिकतातर्फ लागेका छन्।  विस्तृतमा

Sun, Mar 23rd, 2014 | 0 Comment

कृषि क्षेत्रमा लागेर अरुका लागी पनि प्रेरणाका श्रोत बनेका माधावापुर बडा नं ७ पिठुवाका हिमलाल पोख्रेल मौरी पालक कृषक हुनुहुन्छ। करिव १९ बर्षको मौरी पालन अनुभवले र उमेर दुवैले पाको बन्नुभएका पोख्रेल चितवनमा सवैभन्दा पहिले ब्यवसायीक रुपमा मौरी पाल्ने कृषक हुनुहुन्छ।
himlal-pokhrel2014
आफना भावि पुस्ताका लागी सम्पत्ती होइन प्रबिधी हस्तान्तरण गर्नुपर्छ भन्ने सोच भएका पोख्रेल सवैले आ-आफनो क्षेत्रबाट काम गर्न सके देश आफै बन्छ भनेर भन्नुहुन्छ। विस्तृतमा

Sat, Mar 22nd, 2014 | 0 Comment

चितवन राष्ट्रिय निकुञ्जले आगलागीबाट वन्यजन्तु जोगाउन विभिन्न ब्लक नै बनाएर आगो लगाउने प्रि–फायर अभियान सुरु गरेको छ। गर्मी मौसम सुरु भएसँगै अप्रत्याशित र अनियन्त्रित रुपमा निकुञ्ज भित्र आगो लाग्ने गर्छ।
fire-drill2014
आगो लाग्दा वन र वन्यजन्तुको ठूलो क्षति हुने भएकाले ब्लक नै बनाएर प्रि–फायर अभियान सुरु भएको निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो। विस्तृतमा

Thu, Mar 20th, 2014 | 0 Comment

बजारमाग भन्दा बढी उधोग भएपछि अण्डा राख्न प्रयोग गरिने क्रेट उत्पादन गरिने उधोगहरु धरासायी भएका छन्। लोड सेडीङ्ग र जनशक्तिको समस्याका कारण पनि उधोगिहरु समस्यामा परेका हुन्।
egg-crates2014
अहिले नेपालमा १४ वटा उधोगले अण्डाको क्रेट उत्पादन गर्दै आई रहेका छन्। त्यस मध्ये चितवनमा १० वटा उधोग रहेका छन्। कच्च पदार्थको मुल्य बढेपनि क्रेटको मुल्य बढ्न नसक्दा मार्जिन कम भएकाले चलि रहेका उधोगका सञ्चालकले पनि पाए बिक्री गर्ने मनस्थितिमा रहेको नेपाल क्रेट उत्पादक संघका सचिव त्रिलोचन कंडेलले जानकारी दिनुभयो।  विस्तृतमा

Tue, Mar 18th, 2014 | 0 Comment

श्रीमानको कमाईमा निर्भर हुन नपरोस् भनेर पिप्लेको झुरझुरेका चार जना महिलाले स्थापना गरेको प्रगति महिला समुहले अहिले डेढ बर्षमा गरेको प्रगतिले गाउँमा सबैको प्रसंसा बटुलेको छ।
pragati-women-2014
आय आर्जनका काम गर्ने उद्धेश्यले गाई पालनबाट ब्यवसाय शुरु गरेको महिला समुहका सदस्यले सामुहिक रुपमा गर्दै आएको कामले स्थानीयबासी उत्साही पारेको छ।स्थानीय सेमाउल कृषि सहकारी संस्थाबाट ६० हजार रुपैया ऋण लिएर दुई वटा गाई पालन शुरु गरेको समुहमा अहिले माउ गाईको संख्या ६ पुगेको छ। विस्तृतमा

Mon, Mar 17th, 2014 | 0 Comment

तरकारी उत्पादन र बिक्रीबाट चितवनले मनग्य आम्दानी गर्न थालेको छ। जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार गत वर्ष कुल एक अर्ब ६९ करोड २८ लाख रूपैयाँ बराबरको तरकारी उत्पादन भएको थियो।
vegetable-farming2014
जिल्लामा कुल ८४ हजार ६४० टन तरकारी उत्पादन भएकोमा ५० हजार ७८४ टन तरकारी जिल्लाभित्रै खपत भएको थियो। चितवनमा हिउँदे तरकारी एक हजार ७८० हेक्टर, वर्षे तीन हजार ८५ हेक्टर र बेमौसमी एक हजार ३६० हेक्टर गरेर कुल छ हजार २२५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ।  विस्तृतमा

Page 1 of 4912345678910...203040...Last »
Top